अप्पमादवग्गो(अप्रमाद वर्ग)
२१
कौशम्बी, घोषिताराम
श्यामावती
अप्पमादो अमतपदं-पमादो मच्चुनो पदं ।
अप्पमत्ता न मीयन्ति-ये पमत्ता यथा मता ।।
अप्रमाद निर्वाणको बाटो हो, प्रमाद मृत्युको बाटो हो, प्रमादीहरू मर्ने झैं अप्रमादीहरू मर्दैन ।
२२
कौशम्बी, घोषिताराम
श्यामावती
अप्पमादो अमतपदं-पमादो मच्चुनो पदं ।
अप्पमत्ता न मीयन्ति-ये पमत्ता यथा मता ।।
अप्रमाद निर्वाणको बाटो हो, प्रमाद मृत्युको बाटो हो, प्रमादीहरू मर्ने झैं अप्रमादीहरू मर्दैन ।
२३
ते झायिनो साततिका-निच्चं दल्ह-परक्कमा ।
फुसन्ति धीरा निब्वानं-योगक्खेमं अनुत्तरं ।।
धैर्य राख्न सक्ने ध्यानीहरूले आफ्नो वीर्यलाई ध्यानको सहाराले बढाएर, जन्म मरण रहित निर्वाण पद र अनुत्तर योगक्षेम प्राप्त गर्दछन् ।
२४
राजगृह, वेणुवन
कुम्भघोषक
उट्ठनवतो सतिमतो
सुचिकम्मस्स निसम्मकारिनो ।
सञ्ञतस्स च धम्मजीविनो
अप्पमतस्स यसो'भिवड्दति ।।
उद्योगी स्मृतिवान भई शुभकाम राम्रोसँग गरी संयमी भएर धार्मिक जीवन बिताई अप्रमादी हुने व्यक्तिको यश बर्दछ ।
२५
राजगृह, वेणुवन
चूलपन्थ थेर
उट्ठानेनप्पमादेन-सञ्ञमेन दमेन च ।
दीपं कयिराथ मेधावी-यं ओघो ना'भिकीरति ।।
बुद्धिमानले संयम र चित्त दमन गरी अप्रमादी भएर बाढी आए पनि हुत्याउन नसकिने टापू बनाउनु पर्दछ ।
२६
जेतवन
बालनक्खत्तधुट्ट -फागु
पमादम'नुयुञ्जन्ति-बाला दुम्मेधिनो जना ।
अप्पमादञ्च मेधावी-धनं सेट्ठं'व रक्खति ।।
मूर्खहरू प्रमादी हुन्छन्, पण्डितहरू सेठले धन रक्षा गरे झैं अप्रमादलाई रक्षा गर्दछन् ।
२७
मा पमादम'नुयुञ्जेथ-मा कामरतिसन्थवं ।
अप्पमत्तो हि झायन्तो-पप्पोति वुपुलं सुखं ।।
प्रमादी नहोऊ, काम विषयमा आसक्त नहोऊ, अप्रमादी भई ध्यान गर्यो भने विपुल सुख प्राप्त हुन्छ ।
२८
जेतवन
महाकाश्यप स्थविर
पमादं अप्पमादेन-यदा नुदति पण्डितो ।
पञ्ञापासादमा'रुय्ह-असोको सोकिनि पजं ।
पब्बतट्ठो'व भुमट्ठे-धीरो बाले अवेक्खति ।।
जुन बखतमा पण्डितले प्रमादलाई अप्रमादले जितेर आफू शोक, तापबाट रहित हुन्छ, त्यस बखत उसले प्रज्ञारूपी उच्च प्रासादमा बसी शोकीसन्तप्प प्राणीहरूलाई, पहाडको टुप्पोबाट पहाड मुनि बस्ने मानिसलाई देखे झैं देख्दछ ।
२९
जेतवन
दुर्इ साथी भिक्षु
अप्पमत्तो पमत्तेसु-सुत्तेसु बहुजागरो ।
अबलस्सं'व सीघस्सो-हित्वा याति सुमेधसो ।।
प्रमादीहरूमा अप्रमादी, निद्रालुहरूमा अनिद्रालु र बलहीन घोडाहरूमा सबल घोडा अगाडि गए झैं बुद्धिहीन व्यक्तिहरूमध्ये बुद्धिवान् पूर्वगामी हुन्छ ।
३०
बैशाली, कूटागार
शक्र देवराज
अप्पमादेन मघवा-देवानं सेट्ठतं गतो ।
अप्पमादं पसंसन्ति-पमादो गरहितो सदा ।।
अप्रमादी हुनाले इन्द्र/देवताहरूका राजा भए, अप्रमादको प्रशंसा हुन्छ, प्रमादको सधैँभरि निन्दा हुन्छ ।
३१
जेतवन
कुनै एक भिक्षु
अप्पमादरतो भिक्खु-पमादे भयदस्सि वा ।
सञ्ञोजनं अणुं थूलं-डहं अग्गी'व गच्छति ।।
प्रमादमा डर मानी अप्रमादमा मन लगाउने भिक्षुले फेरी फेरी जन्म लिनु पर्ने सानो ठूलो जुनसुकै संयोजनलाई पनि आगोले भस्म गरे झैं भस्म गर्दछ ।
३२
जेतवन
निगमवासी तिस्सथेर
अप्पमादरतो भिक्खु-पमादे भयदस्सि वा ।
अभब्बो परिहाणाय-निब्बानस्से'व सन्तिके ।।
प्रमादमा डर मानी अप्रमादमा मन लगाउने भिक्षुको खराब गति हुदैन ऊ निर्वाणको नजिकै आई पुग्दछ ।