चित्त वग्गो (चित्त वर्ग)
३३
चालिस पर्वत
मेधिय स्थविर
फन्दनं चपलं चित्तं-दुरक्खं दुन्निवारयं ।
उजुं करोति मेधावी-उसुकारो'व तेजनं ।।
बुद्धिमान व्यक्तिले बाणकारकले बाण सोझो पार्ने झैं आफ्नो चञ्चल तथा रक्षा गर्न गाह्रो चित्तलाई तह लाउँछ ।
३४
वारिजो'व थले खित्तो-ओकमोकत उब्भतो ।
परिफन्दति'दं. चित्तं-मारधेय्यं पहातवे ।।
जसरी पानीबाट झिकेर सुख्खा जमीनमा राख्दा माछा छट्पटाउँछ, त्यसरी नै मारको जालबाट छुटाउँदा यो चित्त छट्पटाउँछ ।
३५
श्रावस्ती
कुनै एक भिक्षु
दुन्निग्गहस्स लहुनो-यत्थ कामनिपातिनो ।
चित्तस्स दमथो साधु-चित्तं दन्तं सुखावहं ।।
क्षण क्षणमा उत्पन्न हुने, रोक्न गाह्रो, जताततै दगुर्ने, स्वेच्छाचारी चित्तलाई दमन गर्नु बेस हुन्छ, चित्त दमन गर्नाले नै सुख पाइन्छ ।
३६
श्रावस्ती
कुनैएक उत्कण्ठित भिक्षु
सुदुद्दसं सुनिपुणं-यत्थकाम निपातिनं ।
चित्तं रक्खेथ मेधावी-चित्तं गुत्तं सुखा वहं ।।
पण्डित हो ! अगोचर, सूक्ष्म र मन परेको ठाउँमा जाने चित्तलाई रक्षा गर, चित्तलाई वशमा राख्यो भने सुख पाइन्छ ।
३७
श्रावस्ती
संघरक्षित स्थविर
दूरङ्गमं एकचरं-असरीरं गुहासयं ।
ये चित्तं सञ्ञमेस्सन्ति-मोक्खन्ति मारबन्धना ।।
टाढा टाढासम्म पुग्न सक्ने, एक्लै हिँड्ने, विना शरीरको गुफामा बस्ने चित्तलाई वशमा राख्न सक्ने व्यक्ति मारको बन्धनबाट मुक्त हुन्छ।
३८
श्रावस्ती
चित्तहृत्थ थेर
अनवट्ठति चित्तस्स-सद्धम्मं अविजानतो ।
परिप्लवपसादस्स-पञ्ञा न परिपूरति ।।
चित्त स्थिर नभएको र्सर्द्धम नजान्ने र प्रसन्न स्वभाव नभएको व्यक्तिलाई प्रज्ञा-ज्ञान पूर्ण रूपले प्राप्त हुन सक्दैन ।
३९
अनवस्सुत चित्तस्स-अनन्वाहत चेतसो ।
पुञ्ञपाप पहीनस्स-नत्थि जागरतो भयं ।।
अनासक्त, स्थिरचित्त र जाग्रत चित्त भई पुण्य र पाप दुवै नभएको व्यक्तिलाई भय हुने छैन ।
४०
श्रावस्ती
वीर्यवान भिक्षुहरू
कुम्भू'पमं कायमि'मं विदित्वा
नगरु'पमं चित्तमि'दं ठपेत्वा ।
योधेथ मारं पञ्ञायुधेन
जितञ्च रक्खे अनिवेसनो सिया ।।
शरीरलाई माटाको भाँडो सम्झी, चित्तलाई नगर झैं सुरक्षित राखेर प्रज्ञारूपी शस्त्र लिएर मारसँग युद्ध गर, मारलाई जितेर पनि अनासक्त भई आफ्नो चित्तलाई रक्षा गरी रहनु ।
४१
श्रावस्ती
पूतिगत तिस्स थेर
अचिरं वत' यं कायो-पठविं अधिसेस्सति ।
छुद्धो अपेत विञ्ञाणो-निरत्थं'व कलिंगरं ।।
चाँडै नै यो शरीर विज्ञान रहित भै काम नलाग्ने काठको मुढा झैं भूमिमा लडिरहने छ ।
४२
कोशल देश
नन्द गोपालक
दिसो दिसं यं तं कयिरा-वेरी वा पन वेरिनं. ।
मिच्छा पणिहितं चित्तं-पापियो नं ततो करे ।।
शत्रुले शत्रुलाई जति हानि पुर्याउनसक्छ, त्यो भन्दा बढी हानि कुमार्गमा लागेको चित्तले पुर्याउँछ ।
४३
कोशल देश
सोरेय्य थेर
न तं माता पिता कयिरा-अञ्ञे वा पि च ञातका ।
सम्मा पणिहितं चित्तं-सेरय्सो नं ततो करे ।।
सुमार्गमा लागेको चित्तले आफूलाई जति उपकार गर्दछ, त्यति उपकार बाबु आमा र कुटुम्बले समेत गर्न सक्तैनन ।