यमकवग्गो(जोरा वर्ग)
श्रावस्ती
चक्खुपाल (थेर)
मनोपुब्वङ्गमा धम्मा-मनोसेट्ठा मनोमया ।
मनसा चे पदुट्ठेन-भासति वा करोति वा ।
ततो न दुक्खमन्वेति-चक्कं"व वहतो पदं ।।
मनको धर्म हो जुनसुकै काममा पनि अगुवा हुनु, औ यो मन मुख्य भएर जताततै पुगेको हुन्छ । त्यसकारण अशुद्ध मन भएर कसैले बोल्यो वा गर्यो भने बयलको पछि पछि गाडाको पांग्रा आए झैं दुःख पछि लागेर आउँछ ।
श्रावस्ती
मट्टकुण्डली
मनोपुब्वङ्गमा धम्मा- मनोसेट्ठा मनोमया ।
मनसा चे पसन्नेन-भासति वा करोति वा ।
ततो नं सुखमन्वेति-छाया' व अनपायिनी ।।
मनको धर्म-जुनसुकै काममा पनि अगुवा हुनु, औ यो मन मुख्य भएर जताततै पुगेको हुन्छ । त्यसकारण शुद्ध मन लिएर सैले बोल्यो वा गर्यो भने आफ्नो पीछा न छोड्ने छायाँ आए झैं सुख पछि पछि लागेर आउँछ ।
श्रावस्ती, जेतवन
थुल्लतिस्स थेर
अक्कोच्छि मं अवधि मं-अजिनि मं अहासि मे ।
ये च तं उपनय्हन्ति-वेरं तेसं न सम्मति ।।
'मलाई गाली गर्यो' 'मलाई पिट्यो' 'मलाई हर्राईदियो' औ 'मेरो लगिदियो' इत्यादि भनेर जसले आफ्नो मनमा बराबर विचार गर्छ, त्यसको मनमा कहिले पनि वैरभाव शान्त हुनेछैन ।
अक्कोच्छि मं अवधि मं-अजिनि मं अहासि मे ।
ये तं न उपनय्हन्ति-वेरं तेसूपसम्मति ।।
'मलाई गाली गर्यो' 'मलाई पिट्यो' 'मलाई हर्राईदियो' औ 'मेरो लगिदियो' इत्यादि भनेर जसले आफ्नो मनमा बराबर विचार गर्दैन, त्यसको मनमा वैरभाव शान्त हुन्छ ।
श्रावस्ती, जेतवन
काली यक्षिणी
नहि वेरेन वेरानि-सम्मन्तीध कुदाचनं ।
अवेरेन च सम्मन्ति-एस धम्मो सनन्तनो ।
रीसले वैरभाव शान्त हुने छैन, प्रेमभावले मात्र वैरभाव शान्त हुन सक्छ, यही सनातनदेखि चलिआएको धर्म हो ।
श्रावस्ती, जेतवन
कोसम्बिक भिक्षु
परे च न विजानन्ति-मय'मेत्थ यमामसे ।
ये च तत्थ विजानन्ति-ततो सम्मन्ति मेधगा ।।
मूर्खले मात्र हामीले एकदिन अवश्य मर्नु पर्छ भनी विचार गर्दैन, 'हामी मर्ने छौं' भनी विचार गर्ने बित्तिकै कलह शान्त हुन्छ ।
श्रावस्ती, जेतवन
चुल्लकाल महाकाल
सुभानुपस्सिं विहरन्तं इन्द्रियेसु असंवुतं ।
भोजनम्हि च अमत्तञ्ञुं-कुसीतं हीनवीरियं
तं वे पसहति मारो-वातो रुक्खं'व दुब्वलं ।।
इन्द्रिय संयम नगरी राम्रो देख्ने, भोजनमा मात्रा नजान्ने, वीर्यहीन हुने यस्तालाई, बतासले दुर्वल रुख ढाले झैं मारले बिताउँछ ।
असुभानुपस्सिं विहरन्तं-इन्द्रियेसु सुसंबुतं ।
भोजनम्हि च मत्तञ्ञुं-सद्धं आरद्धवीरियं ।
तं वे नप्पसहति मारो-वातो सेलं'व पब्वतं ।।
इन्द्रिय संयम गरी राम्रो नदेख्ने, भोजनमा मात्रा ज्ञान राख्ने र श्रद्धा वीर्य कायम राखेका यस्तालाई पर्वतको ढुङ्गा बतासले हल्लाउन नसके झैं मारले डगाउन सक्तैन ।
श्रावस्ती, जेतवन
देवदत्त
अनिक्कसाबो कासावं-यो वत्थं परिदहेस्सति ।
अपेतो दमसच्चेन-न सो कासावम'रहति ।।
इन्द्रिय दमन नगरी सत्यज्ञानबाट दूर भई आफनो मनलाई स्वच्छ नराख्नेलाई गेरुवावस्त्र सुहाउँदैन ।
१०
यो च वन्तकसाव'स्स-सीलेसु सुसमाहितो ।
उपेतो दमसच्चेन-स वे कासावम'रहति ।।
क्लेशलाई दूरगरी आफनो मन स्वच्छ राखी शीलवान भई इन्द्रिय दमन गरेर सत्यज्ञानमा बस्नेलाई गेरुवावस्त्र सुहाउँछ ।
११
राजगृह, वेणुवन
अग्रश्रावक
असारे सारमतिनो-सारे चा'सारदस्सिनो ।
ते सारं ना'धिगच्छन्ति-मिच्छासड्ढप्प गोचरा ।।
असारलाई सार, सारलाई असार ठान्ने यस्तो मिथ्यादृष्टि हुने व्यक्तिलाई सार पदार्थको लाभ हुँदैन ।
१२
सारञ्च सारतो ञत्वा-असारञ्च असारतो ।
ते सारं अधिगच्छन्ति-सम्मासड्ढप्प गोचरा ।।
सारलाई सार, असारलाई असार देखेर सम्यग्दृष्टि हुने यस्ता व्यक्तिलाई सार पदार्थको लाभ हुन्छ ।
१३
श्रावस्ती, जेतवन
नन्दस्थवीर
यथा'गारं दुच्छन्नं वुट्ठी समतिविज्झति ।
एवं अभावितं चित्तं-रागो समतिविज्झति ।।
नराम्रोसित छाएको छानाबाट पानी चुहे झैं राम्रोसँग नबाँधेको चित्तमा राग चुहिन्छ ।
१४
यथा'गारं सुच्छन्नं वुट्ठी न समतिविज्झति ।
एवं सुभावितं. चित्तं रागो न समतिविज्झति ।।
जस्तो राम्रोसँग छाएको छानाबाट पानी चुहिँदैन त्यस्तै शुद्ध चित्तमा राग चुहिँदैन ।
१५
राजगृह, वेणुवन
चुन्द सूकरिक
इध सोचति पेच्च सोचति
पापकारी उभयत्थ सोचति ।
सो सोचति सो विहञ्ञति
दिस्वा कम्मकिलिट्ठम'त्तनो ।।
पापी व्यक्तिलाई इहलोक परलोक दुवै लोकमा शोक हुन्छ, आफूले गरेको खराब कामलाई देखेर आफै आफ दुःखी र पीडित हुन्छ ।
१६
श्रावस्ती, जेतवन
धम्मिक उपासक
इध मोदति पेच्च मोदति ।
कतपुञ्ञो उभयत्थ मोदति ।
सो मोदति सो पमोदति
दिस्वा कम्मविसुद्धि'मत्तनो ।।
पुण्यवान् व्यक्ति इहलोक परलोक दुवै लोकमा सुखी हुन्छ, आफूले गरेको राम्रो कामलाई देखेर आफै सुखी हुन्छ, प्रमुदित हुन्छ ।
१७
श्रावस्ती, जेतवन
देवदत्त
इध तप्पति पेच्च तप्पति
पापकारी उभयत्थ तप्पति ।
पापं मे कतन्ति तप्पति
भीय्यो तप्पति दुग्गतिं गतो ।।
पापी व्यक्तिलाई यहाँ पनि वहाँ पनि दुबै लोकमा ताप हुन्छ, मेलै पाप गरे भन्ने विचारले मनमा सन्ताप हुन्छ, दुर्गतिमा पुगेर उसलाई झन बढी ताप हुन्छ ।
१८
श्रावस्ती, जेतवन
सुमनादेवी
इध नन्दति पेच्च नन्दति
कतपुञ्ञो उभयत्थ नन्दति ।
पुञ्ञं मे कतन्ति नन्दति
भीय्यो नन्दति सुग्गतिं गतो ।।
पुण्यवान् व्यक्तिलाई इहलोक परलोक दुवैमा आनन्दको अनुभव हुन्छ, मैलेपुण्य गरे भनी आनन्दित हुन्छ, परलोकमा पुगेर यहाँभन्दा पनि धेरै आनन्द प्राप्ति हुन्छ ।
१९
श्रावस्ती, जेतवन
दुर्इ जना साथी
बहुम्पि चे सहितं भासमानो
न तक्करो होति नरो पमत्तो ।
गोपो व गावो गणयं परेसं
न भागवा सामञ्ञस्स होति ।।
जस्तो अर्काको गाई चराउने गोठालाले दूध प्राप्त गर्न सक्तैन, त्यस्तै धेरै धर्मको कुरा गर्न जानेर पनि तदनुसार आचरण नगर्नेलाई श्रमणत्व फल प्राप्त हुन सक्तैन ।
२०
अप्पम्पि चे सहितं भासमानो
धम्मस्स होति अनुधम्मचारी ।
रागञ्च दोसञ्च पहाय मोहं
सम्मप्पजानो सुविमुत्तचित्तो ।
अनुपादियानो इध वा हुरं वा
स भागवा सामञ्ञस्स होति ।।
अलिकता मात्र धर्मको कुरा गर्न सक्ने भएता पनि धर्मानुसार आचरण गर्ने, राग, द्वेष र मोहलाई हर्टाई राम्रो धर्मावबोध भएर आफ्नो चित्तलाई क्लेशबाट हर्टाई, इहलोक र परलोकको चिन्ता नगर्नेलाई श्रमणत्व फल प्राप्तहुनसक्तछ ।